FAQs Complain Problems

प्यूठान नगरपालिका वडा नं ८ गेजबाङ स्थित जापान सरकारको सहयोगमा निर्माण गरिएको हलेदो प्रशोधन केन्द्र उद्घाटन तथा हस्तानतरण कार्यक्रम

प्यूठान नगरपालिका वडा नं ८ गेजबाङ स्थित जापान सरकारको सहयोगमा निर्माण गरिएको हलेदो प्रशोधन केन्द्र आज एक कार्यक्रमका बिच जापानिज राजदुत H.E.Mr.Kikutaa Yutakaले उद्घाटन गरी नगरपालिकालाई हस्तानतरण गर्नुभएको छ।

उक्त उद्योगले प्यूठान जिल्लामा प्रचुर सम्भावना रहेको हलेदो खेतिलाई व्यवसायीकरण गरी नगरवासी कृषकहरुको जिवनस्तमा सुधार ल्याउने अपेक्षा गरिएको छ ।

हलेदो प्रशोधन केन्द्रको उद्घाटन कार्यक्रमको अवसरमा उहाँले नगरपालिकाको निमन्त्रणा अनुसार प्यूठान नगरपालिकाको अवलोकन पनि गर्नुभयो ।