FAQs Complain Problems

कर्मचारी स्वागत तथा स्टाफ मिटिङ

आज मिति २०७८ माघ ०६ गते प्यूठान नगरपालिका स्थित भित्रिकोट हलमा एक कार्यक्रम बिच नगरपालिकामा पदस्थापन सरुवा  भई आउनुभएका कर्मचारिहरुको स्वागत गरियो । 

सो कार्यक्रमको अध्यक्षता नगरप्रमुख श्री अर्जुनकुमार कक्षपतीले गर्नुभएको थियो भने कार्यक्रम संचालन सव ईन्जिनियर श्री दिनेश के.सी.ले गर्नुभएको थियो । 

स्वागत हुने कर्मचारीहरु  प्रमुख प्रशासकीय अधिकृत श्री मेशकुमार गुरुङ्ग सहित अधिकृत छैठौ. श्री बासुदेव पण्डित, लेखापाल श्री गोबिन्द जि.सी. तथा प्रशासन तर्फका सहायकस्तर पाचौ तेजकुमार शर्मा हुनुहन्छ । 

कार्यक्रममा नयाँ प्रमुख प्रशासकीय अधिकृत श्री मेशकुमार गुरुङ्गज्यूले राष्ट्रसेवक कर्मचारीहरुले जनतालाई दुख हुन नदिने गरी काम गर्न सम्पूर्ण कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।